
सुर्खेत । सुर्खेत वीरेन्द्रनगरमा यही माघ ११ र १२ गते कर्णाली युथ महोत्सबको आयोजना गरिने भएको छ । कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेत वीरेन्द्रनगरस्थित सिटिहलको ग्राउण्डमा ‘युथ फर चेन्ज’ को आयोजनामा महोत्सवको आयोजना हुने भएको हो ।
कर्णालीका युवाहरूलाई महोत्सवले आत्मविश्वास र क्षमता वृद्धिका लागि नयाँ दिशा प्रदान गर्ने लक्ष्य राखिएको छ । विशेष गरी विदेश जाने सोँच भएका युवावर्गलाई देशमै रहेका अवसरहरूको महत्त्व बुझाउन महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको परिवर्तनका लागि युवा संस्था यूथ फर चेन्जका अध्यक्ष हिमाल बिष्टले बताए ।
सातै प्रदेशमा प्रादेशिक युथ फेस्टिभल गर्ने सोचका साथ कर्णालीबाट प्रादेशिक युथ महोत्सवको सुरुवात गर्न लागिएको अध्यक्ष बिष्टले जानकारी दिए । कार्यक्रममा कर्णालीका विभिन्न सफल युवा जो आफ्नै देशमा रहेर समृद्धि र आर्थिक क्षेत्रमा काम गरिरहेका छन् उनीहरुलाई उपस्थित गराई कर्णाली युथ आइकनको रूपमा सम्मानित गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
कर्णालीका युवाहरूलाई एकजुट गराएर समग्र प्रदेशको सामाजिक र आर्थिक उत्थानमा योगदान पु¥याउने उद्देश्यले कर्णाली युथ महोत्सवको आयोजना गरिएको महोत्सवका प्रमुख सल्लाहकार भुपेन्द्रजंग शाहीले जानकारी दिए ।
महोत्सवमा सफल युवाहरुको प्रगति, चर्चित गायक गायिका लगायत स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति समेत रहने भएको छ । कार्यक्रममा कर्णालीको सांस्कृतिक धरोहर र युवाहरूको नेतृत्व विकासलाई केन्द्रित गर्दै संवाद र छलफलका सत्र पनि हुने बताइएको छ ।

नेपालीरैबार । २०८१ माघ १०, बिहीबार