नेपाल निजामती कर्मचारी सङ्गठन कालीकोट अध्यक्षमा पाण्डे निर्वाचित

                                                       तस्बिरः प्रेमराज सिम्खडा

कालीकोट । नेपाल निजामती कर्मचारी सङ्गठन कालीकोटको अध्यक्षमा पुनः भक्तिप्रसाद पाण्डे निर्वाचित भएका छन् । शनिवार अबेर सकिएको अधिवेशनले सङ्गठनको उपाध्यक्षद्वयमा कम्मरबहादुर बम र रीताकुमारी पाण्डे, सचिवमा प्रकाशचन्द धिताल, सहसचिवमा दिलीपप्रसाद न्यौपाने र कोषाध्यक्षमा दमनराज शाहीसहित १९ सदस्यीय नयाँ जिल्ला कमिटी निर्वाचित भएका हुन् ।

सदस्यमा भरत पाण्डे, जयरुप पाण्डे, लक्ष्मी धिताल, दीपराज सज्याल, गोविन्दबहादुर शाही, रोशनकुमार चौधरीलगायत निर्वाचित भएका छन् । अधिवेशनले केन्द्रीय प्रतिनिधिका रूपमा पाँच जनालाई निर्वाचित गरेको छ । केन्द्रीय प्रतितिधिमा प्रबलजङ्ग शाही, चक्र विश्वक्रर्मा, सावित्री घिमिरे, राजेन्द्रबहादुर सिंह र टक्कबहादुर बम छन् ।

प्रदेश प्रतिनिधिमा कलबहादुर बम, कृष्णबहादुर बम, नमराज आचार्य, बिन्दाकुमारी शाही, पूर्णचन्द काफ्ले, ऐनबहादुर शाहीलगायत आठ जना चयन भएका छन् । उनले अब यो कार्यलयमा सङ्गठनलाई व्यापक बनाउन लागिपर्ने बताएका छन् ।

अधिवेशनमा नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय सदस्य देवानन्द धितालले कालीकोटमा नेपाल निजामती कर्मचारी सङ्गठनले ट्रेड युनियनमा आफ्नो नेतृत्वलाई निर्वाचित गरेको भन्दै आगामी निर्वाचनमा पनि यो संस्थाले आफ्नो साख जोगाउन लागिपर्ने विश्वास लिएको बताएका छन् ।

तपाईको प्रतिक्रिया