जुम्लामा वनमा लागेको डढेलो निभाउन जाँदा जलेर एक जनाको मृत्यु

सुर्खेत । जुम्लामा वनमा लागेको आगो (डढेलो) निभाउन जाँदा एक जनाको जलेर मृत्यु भएको छ ।जिल्लाको सिंजा गाउँपालिका–१ जाँच गाउँको रुपाकोट जंगलमा लागेको आगो निभाउन जाँदा ८० वर्षीय भद्र रावलको जलेर मृत्यु भएको हो।

आइतबार दिउँसो दुई बजेतिर लागेको आगो निभाउने क्रममा उनको मृत्यु भएको सिंजा गाउँपालिका अध्यक्ष पुर्णप्रसाद धितालले बताए  स्याउ बगैंचा भित्र लागेको आगो फैलिएर जंगलसम्म पुगेको थियो ।आगो निभाउने क्रममा रावलको जलेर मृत्यु भएको हो।

आगो अझैपनि नियन्त्रणमा आइसकेको छैन। गाउँपालिका अध्यक्षले आगो नियन्त्रणको लागि सुरक्षा निकायसंग समन्वय भइरहेको बताए । भद्रको शव पोष्टमाटम गर्न अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याईएको छ। आगलागीबारे विस्तृत विवरण आउन बाँकी छ ।आगो नियन्त्रणमा आउन नसकेपछि पुर्व गाउँपालिका अध्यक्ष देवलसिंह रावल र जिल्लाबाट नेपाल प्रहरी,शसस्त्र प्रहरीको टोली आगलागी क्षेत्रतर्फ पुगिसकेको छ।

तपाईको प्रतिक्रिया