
सुर्खेत । गुर्भाकोट नगरपालिकामा पहिलो चरणको भेडा बाख्रामा लगाईने पिपिआर खोप कार्यक्रम माघ १४ गतेदेखि संचालन हुने भएको छ। माघ १४ गते सोमबार देखि गुर्भाकोट नगरपालिका वडा नम्बर २,५,१२ र १४ नम्बर वडामा पिपिआर खोप लगाईने भएको हो ।
गुर्भाकोट नगरपालिका पशु शाखा प्रमुख ओम प्रकाश ओलीका अनुसार पहिलो चरणमा भेडा बाख्रामा लगाईने पिपिआर खोप २,५,१२ र १४ नम्बर वडामा लगाईने छ भने त्यस पछि अन्य वडामा पिपिआर खोप लगाईने छ।
पिपिआर खोप लगाईसकेपछि गाई भैंसीमा भ्यागुतेरचरचरेको खोप लगाईनेछ। यस्तै गाई भैंसी र भेडाबाख्रा खोरेतको खोप र गाईगोरु तथा भैसिमा लाग्ने लम्पीस्किन रोगको पनि खोप लगाईने शाखा प्रमुख ओलीले बताएका छन् ।

नेपालीरैबार । २०८१ माघ १४, सोमबार