जाजरकोटमा भूकम्पको कारण भवन पुर्ण रुपमा क्षति हुँदा विद्यार्थी खुला चौरमा पढ्न बाध्य

जाजरकोट । जाजरकोट भेरी नगरपालिका ७ मिथ्याङ्ग्रामा भौतिक संरचनाको अभाव हुदा विद्यार्थी खुला चौरमै पढ्न बाध्य भएका छन् । गत वर्ष कात्तिक १७ गते गएको भूकम्पको कारण विद्यालयका दुई कोठे दुई वटा भवन पुर्ण रुपमा क्षति हुँदा सुर्य ज्योति आधारभूत भेरी नगरपालिका ७ मिथ्याङ्ग्राको विद्यालयमा पठनपाठनमा विभिन्न समस्या झेल्दै आएको छ ।

पर्याप्त कक्षाकोठाको अभावका कारण विद्यार्थीहरू हिउँदमा विद्यालयमा रहेको फिल्डको धुलोमा बसेर पढ्न बाध्य भएका छन् । । भूकम्प गएको एक वर्ष बिती सक्दा पनि कुनै पनि निकायमा पुनः निर्माणको पहल नगरिँदा अहिलेसम्म पक्की भवन निर्माण हुन सकेका छैनन् ।

विद्यालयका शिक्षक टोपबहादुर खड्काले क्षति भएका भवन निर्माण नहुँदा पठन पाठनको लागि झनै अप्ठ्यारो परिस्थितिको सिर्जना भएको बताए । पर्याप्त कक्षाकोठा र भौतिक संरचना नहुँदा विद्यार्थीको सिकाई उपलब्धि र विद्यालयको शैक्षिक स्तर खस्कँदै गएको र अप्ठ्यारो परिस्थिति सिर्जना भएको शिक्षक खड्काको भनाई छ ।

विद्यालयमा बस्नका लागि पर्याप्त डेस्क बेन्च नभएको कारण पनि फिल्डको धुलोमा बसेर विद्यार्थी पढ्न बाध्यकारी अवस्था सिर्जना भएको अधिकारीले बताएका छन्।

शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लक्ष्मी भण्डारी जाजरकोटका अधिकांश विद्यालय भवनहरू भूकम्पका कारण क्षति भएका र पुनर्निर्माणको काम नहुँदा समस्या परेको बताउछन्हु । सरकारी तथा दाताहरू वाट यस वर्ष ५० वटा जति भवन निर्माणको कार्य थालनी हुने प्रमुख भण्डारीको भनाई छ ।

तपाईको प्रतिक्रिया