
साँफेबगर । बुढाकोट माविमा सरस्वती पुजामा दलितलाई विभेद गरिएको छ। साँफेबगर नगरपालिका वडा नम्बर ९ बुढाकोट स्थित बुढाकोट माविमा सरस्वती पुजामा विभेद गरिएको हो ।
त्यसै विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष सर्जन परियार लाई पुजा गर्ने क्रममा त्यहाँकै स्थानीय ब्राह्मण चेतराज भट्टले विभेद गरेका हुन ।
परियारका अनुसार विद्यालयको सरस्वती मन्दिरमा ब्राह्मणको रुपमा चेतराज भट्ट आएका थिए , आफू टीका लगाउन जाँदा आफुलाइ टीका लगाउन मानेनन ,र त्यसपछि पातमा टीका राखेर भुइँमा राखे अनि लगाउ भने ।
पोहोर साल पनि यसै विद्यालयमा सरस्वती पुजामै आफुलाइ विभेद भएको र विद्यालय द्वारा आयोजना गरिएका वनभोज जस्ता कार्यक्रम हरुमा समेत दुइटा भान्सा बनाउने गरिएको परियार बताउँछन । परियार दलित नगर संजाल साँफेबगरका सचिव पनि हुन ।

नेपालीरैबार । २०८१ माघ २१, सोमबार