यरिचोकमा खुकुरी प्रहारबाट दुई जना घाइते

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित यरिचोकमा सोमवारसाँझ खुकुरी प्रहार गरिएको छ । वीरेन्द्रनगर नगरपालिका–३ र ४ को सीमानामा पर्ने यरिचोकमा सोमबार साँझ दुई युवा पक्ष विच खुकुरी प्रहारहुँदा दुई जना घाइते भएका हुन् ।

प्रहरीले खुकुरी हान्ने दिपकजंग बुढालाई नियन्त्रणमा लिएको छ । १७ वर्षीय बुढा वीरेन्द्रनगर–३ तातापानीका रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक अजय डाँगीले जानकारी दिए ।

खुकुरी प्रहारबाट घाइते भएका मिलन रावतको प्रदेश अस्पतालमा उपचार भइरहेको छ । १८ वर्षीय रावतको टाउकोमा चोट लागेको प्रहरी निरीक्षक डाँगीको भनाई छ । प्रहरी नियन्त्रणमै रहेका १५ वर्षीय बुढा पक्षका प्रकाश बुढाको हातमा चोट रहेपनि अवस्था सामान्य छ । घाइते दुवै जना तातापानीकै निवासी रहेको प्रहरीले जनाएको छ ।

घटनाको कारण नखुलेपनि दुवै पक्षले ग्याङ्गफाइट गर्न खोजेको अनुमान प्रहरीको छ । झगडामा संलग्न पक्राउ परेका बुढा बाहेक अन्य दुई जना घाइते रहेको र उनीहरुको निगरानीमा उपचार जारी रहेकाले घटनाको वास्तविकता नखुलेको डाँगी बताउँछन् । अनुसन्धान जारी रहेकाले दुवै पक्षबाट सोधपुछ गरेपछि वास्तविकता खुल्ने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया