रुकुम मुसिकोट २ का एक सय जेष्ठ नागरिक वडा कार्यालयद्धारा सम्मान

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर २ का जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । सोमबार वडा कार्यालयले जेष्ठ नागरिक सम्मान कार्यक्रम आयोजना गरेर १०२ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो ।

वडा अध्यक्ष दिनेश खड्काका अनुसार सामाजिक सुरक्षा प्राप्त गरिरहेका ६८ वर्ष माथिका १०२ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । सम्मानका साथ जेष्ठ नागरिकहरुलाई म्याट र ब्लाङकेट उपहार प्रदान गरिएको थियो । वडा अध्यक्ष खड्काले जेष्ठ नागरिकहरुलाई न्यानोको लागि उक्त उपहार प्रदान गरिएको जानकारी दिएका छन् ।

जेष्ठ नागरिक सम्मान कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले उनिहरुको विगतको योगदानको सदा कदर हुनुपर्ने बताए । वडा नम्वर २ को कार्यालयले जेष्ठ नागरिकहरुलाई सम्मान गर्नुका साथै उपहार प्रदान गरेर उहाँहरुको योगदानको सम्मान गरेको उनको भनाई छ ।

जेष्ठ नागरिकहरुले विगतका समाज तथा देशका लागि गरेको योगदान अमूल्य रहेको नगर प्रमुख केसीले जनाए । उनिहरुको अनुभवबाट पनि वर्तमानमा सकारात्मक परिवर्तनका कामहरु गर्न सकिनेमा नगर प्रमुख केसीले जोड दिएका छन् ।

नगर प्रमुख केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नम्वर २ का पूर्व अध्यक्ष काँशिराम खड्का, वडामा क्रियाशिल राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, बुद्धिजीविहरु लगायतको आतिथ्यता रहेको थियो ।

तपाईको प्रतिक्रिया