रुकुममा नेपाल टेलिकमको बार्षिकोत्सवको अवसरमा निःशुल्क सिम वितरण

रुकुम पश्चिम । रुकुम पश्चिमस्थित मंगलबार नेपाल टेलिकमको बार्षिकोत्सवको अवसरमा कार्यालयले निशुल्क सिम वितरण गरेको छ ।

नेपाल टेलिकम २१ वर्ष पुरा गरेर २२ वर्ष प्रवेश गरेको अवसरमा कार्यालयले निशुल्क सिम वितरण गरेको हो । कार्यालयले सानीभेरी गाउँपालिका ९ सिम्लीमा निशुल्क सिम वितरण गरेको हो ।

कार्यालयका प्रमुख कृष्ण प्रसाद शर्माका अनुसार १८० थान सिम निःशुल्क वितरण गरिएको हो । यी सबै सिम प्रिपेड नम्वरका हुन् । सर्वसाधारणहरुलाई लक्षित गरेर सिम वितरण गरिएको शर्माको भनाई छ ।

बार्षिकोत्सवको अवसरमा टेलिकमको सेवा सहज र सुलभ बनाउने क्रममा सदरमुकाम बाहिर गएर निःशुल्क सिम वितरण गरिएको प्रमुख शर्माले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया