
कैलाली । कैलालीको धनगढीस्थित नोभा अस्पतालको शौचालयमा एक युवक मृत अवस्थामा फेला परेका छन् । कञ्चनपुरको बेदकोट नगरपालिका– ६ सिसैयाका २५ वर्षीय रविन्द्र राना आज बिहान साढे २ बजे मृत फेला परेको हुन् ।
मृतक राना आफ्नो बिरामी भतिजाको कुरुवाका रूपमा अस्पतालमा बसेको कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए ।
उनकाअनुसार राना राति करिब २ बजेतिर शौचालय गएको लामो समयसम्म नफर्किएपछि अस्पतालका सुरक्षा गार्डले ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेका जानकारी दिएका थिए । हाल मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको र घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नेपालीरैबार । २०८१ माघ २४, बिहीबार