
इटहरी, सुनसरी । इनरुवामा विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामाग्री र जाडो महिनाको तयारीको लागि न्यानो कपडा वितरण गरिएको छ । भायानेट कम्युनिकेसनले आफ्नो कर्पाेरेट सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत सुनसरीको श्री देवकोटा आधारभुत विद्यालय इनरुवामा उक्त सामाग्री वितरण गरिएको हो ।
यस सहयोग कार्यक्रम मार्फत विद्यालयका विद्यार्थीहरूलाई कपी, पेन्सिल, शार्पनर, इरेजर, ज्योमेट्री बक्स तथा न्यानो हुडी वितरण गरिएको छ । विद्यालयका प्रधानाध्यापकले भायानेटको सहयोगले विद्यार्थीहरूको पठन पाठनमा थप सहयोग पुग्ने र उनीहरूको जाडो मौसममा स्वास्थ्यसुरक्षामा पनि योगदान दिने विश्वास व्यक्त गरे।
कार्यक्रम अन्तर्गत देशभरका विभिन्न विद्यालय तथा संस्थाहरूसँग सहकार्य गर्दै सामाजिक सेवाका कार्यक्रमहरू गर्दै आइरहेको छ । संस्थाले शिक्षाको पहुँचलाई प्रवर्द्धन गर्न र स्थानीय समुदायलाई सहयोग पुर्याउन प्रतिबद्धता जनाएको छ।
यस प्रकारका सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूले शिक्षार प्रविधिको क्षेत्रमा नयाँ अवसरहरू सिर्जना गर्ने लक्ष्य भायानेटले राखेको छ ।

नेपालीरैबार । २०८१ माघ २४, बिहीबार