अब सुर्खेतदेखि काठमाडौँ सिलिपर एसी बसमा सरर…

सुर्खेत । देउती नागरिक यातायात प्रा.लि. सुर्खेतले सुर्खेतदेखि काठमाडौँ जाने नयाँ सिलिपर एसी बस सेवा सञ्चालनमा ल्याएको छ । प्रा.लिले बुधबारदेखी चारओटा बसहरु सञ्चालनमा ल्याएको हो । सिलिपर बस सञ्चालनमा आएसगैँ अब सुर्खेतदेखि काठमाडौैँ सुतेर यात्रा गर्न मिल्ने छ । देउती नागरिक यातायात प्रा.लिका अध्यक्ष कमल खड्काका अनुसार यात्रुहरुको चाहनाअनुसार आफ्नो नयाँ सेवाका साथ रात्रीकालिन बस सञ्चालनमा ल्याइएको हो ।

बसका सबै सोफा सिटहरु आरामदायी रहेता पनि बसको क्याविन साइटमा १ जना र पछाडी ४ जना सुत्न मिल्ने छ । अन्य सिटहरु पनि आरामदायी भएकाले अरु बसभन्दा बस्न र सुत्न सहज रहेको खड्काले बताए । सुतेर यात्रा गर्न सकिने बस आएसंगै विरामी लगायत अन्य यात्रुहरुलाई निकै लाभदायी हुने छ । उक्त बसहरु १ करोड १० लाखका दरले चार बसलाई ४ करोड ४० हजारमा खरिद गरिएको हो । रु ३ हजार भाडादरमा बस चढ्न पाईने छ ।

यस्तै बुधबार उक्त बसहरुको उद्द्दाटन कार्यक्रममा बोल्दै सुर्खेत काक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेश कुमार सापकोटाले यात्रुहरूलाई आरामदायी यात्राका लागि सिलिपर बस सञ्चालनमा ल्याएको देउती नागरिकलाई धन्यवाद दिए । उनले एकता नै बल रहेको बताउदै सुर्खेत काक्रविहारको तर्फकाट पूर्ण साथ रहेको बताए । समपकोटाले यातायात क्षेत्रलाई मजबुद बनाउनु पर्नेमा जोड दिए ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरिक्षक राजेन्द्र प्रसाद भट्टराई यातायात व्यबसाहिले सुरक्षित र भरपर्दाे यात्रामा जोड दिनुपर्ने बताए । कतिपय समयमा यातायात व्यबसाहिको लापरबाहिले सडक दुर्घटना हुने गरेको उल्लेख गर्दे यसतर्फ यातायात व्यबसाही जिम्मेवार हुनुपर्ने उनले बताए ।

कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष हर्ष विक्रम खड्काले यातायात क्षेत्रमा प्रतिस्पर्धा नभइ यात्रुलाई गन्तव्यमा सुरक्षित रूपमा कसरी पुर्याउने भन्नेमा प्रतिस्पर्धा गर्नुपर्ने बताए ।

यस्ता छन सिलिपर बसका सेवाहरु

  • सुत्न मिल्ने व्यवस्था (Reclining/Flat Seat)
    – सिट पूर्ण रूपमा पछाडि फर्काउन मिल्ने हुन्छ जसले यात्रुहरूलाई सुत्न सजिलो बनाउँछ।

  • कम्बल र तकिया
    – धेरैजसो सिलिपर बसहरूमा यात्रुहरूलाई कम्बल र तकिया उपलब्ध गराइन्छ।

  • A/C र Non-A/C विकल्प
    – यात्रुहरूको आवश्यकता अनुसार एसी र नन-एसी विकल्पहरू उपलब्ध हुन्छन्।

  • फोन चार्ज गर्ने पोर्ट
    – यूएसबी चार्जिङ पोर्ट वा पावर सॉकेटहरू पनि दिइएका हुन्छन्।

  • निजी पर्दा वा विभाजन
    – गोपनीयता कायम राख्नका लागि सिटहरू बीच पर्दा वा क्याबिन जस्तो डिजाइन हुन्छ।

  • Wi-Fi सेवा (केही बसहरूमा)
    – इन्टरनेट प्रयोग गर्न वाइफाइ सेवा पनि दिइएको हुन सक्छ।

  • सफा र सुविधाजनक इन्टेरियर
    – आरामदायक गद्दा, राम्रो इन्टेरियर डिजाइन र लाइटिङ हुन्छ।

  • लगेज राख्ने स्थान
    – यात्रुहरूको सामान राख्न सुरक्षित स्थान हुन्छ।

  • डिजिटल टिकटिङ प्रणाली
    – अनलाइन बुकिङ, मोबाइल टिकट आदि सुविधा।

  • CCTV निगरानी (केहीमा)
    – सुरक्षाको लागि केही गाडीहरूमा सीसीटीभी पनि जडान गरिएको हुन्छ।

तपाईको प्रतिक्रिया