कर्णालीमा शिक्षा सम्मेलन उद्घाटन

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले विश्वविद्यालय अनुसन्धान, नवप्रवर्तन र समाज रूपान्तरणका सशक्त आधार भएको बताएका छन् ।

मध्यपश्चिम विश्वविद्यालयको आयोजनामा आजबाट सुर्खेत वीरेन्द्रनगरमा सुरु भएको ‘शिक्षा संस्कृति, समाज र व्यवसायमा अबको बाटो’सम्बन्धी अन्तरराष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन शुक्रबार गर्दै मुख्यमन्त्री उनले विश्वविद्यालय केवल शिक्षण गर्ने थलो मात्र नभई अनुसन्धान, नवप्रवर्तन र समाज रूपान्तरणको जग भएको बताए ।

मध्यपश्चिम विद्यालयले आफ्ना शैक्षिक कार्यक्रमसँगै विश्वविद्यालयलाई राष्ट्रिय र अन्तर्राष्टियस्तरमा स्थापित गर्न यस प्रकारको सम्मेलनको आयोजना गरेको कार्यको प्रतिप्रंशसा गरे । यसले नवप्रवर्तन र विकासका प्रमुख क्षेत्रमा सरोकारवालाबीच संवाद तथा सहकार्यलाई प्रवर्धन गर्दै शिक्षा, समाज र व्यवसायका क्षेत्रमा भइरहेका परिवर्तनलाई बुझेर भविश्यको मार्गचित्र कोर्न महत्त्वपूर्ण भूमिका खेल्ने कार्यमा मुख्यमन्त्री कँडेलले सफलताको शुभकामना व्यक्त गरे । त्यसैगरी, सम्मेलनमा प्रस्तुत हुने विचार र निष्कर्षले यहाँको शैक्षिक उन्नयनसँगै कर्णाली प्रदेशको विकास र समृद्धिमा महत्त्वपूर्ण योगदान दिन सक्नेमा आफू पूर्णविश्वस्त रहेको पनि उनले बताए ।

मुख्यमन्त्री कँडेलले प्राज्ञिक समुदायलाई आगामी दिनमा अझ गहन अनुसन्धान, ज्ञान, सिर्जना र समाधानमुखी संवादतर्फ अग्रसर हुन हार्दिक आह्वान गरेका छन् । उक्त सम्मेलनमा भारतलगायत विश्वका विभिन्न देशका प्राध्यापक डाक्टर, विद्धान तथा प्राज्ञिक व्यक्तित्वको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया