सुन १,८९,७००, चाँदी १,९९० प्रति तोला

काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ७०० कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोही परिमाणको चाँदी आज एक हजार ९९० मा खरिदबिक्री भइरहेको छ । गत शुक्रबार एक तोला सुन एक लाख ८९ हजार ६०० मा कारोबार भएको थियो भने त्यति नै परिमाणको चाँदी दुई हजारमा किनबेच भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔंस सुन तीन हजार ३१८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

तपाईको प्रतिक्रिया