पत्रकार महासंघ सुर्खेतले मनायो ३४ औँ स्थापना दिवस

सुर्खेत । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले ३४ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । शाखाको स्थापना दिवसको अबसर पारि पहिलो दिन फुटवल प्रतियोगिता सम्पन्न भएको थियो । यस्तै दास्रो दिन पत्रकारहरुलाई स्वास्थ्य परिक्षण गरिएको थियो । यस्तै मंगलबार आज प्रभातफेरी तथा शुभकामना आदान प्रदान तथा शाखाका संस्थापकहरुलाई सम्मान कार्यक्रम आयोजना गरिएको थियो ।

मंगलबार वीरेन्द्रनगरको मंगलगडी चौकबाट र्याली निकालेर महासंघको सभाहलमा परिणत गरिएको थियो । र्यालीमा सुर्खेतका क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो । स्थापना दिवसका अवसरमा शाखाका संस्थापक अध्यक्ष चिरञ्जिवी अर्याल लगायत संस्थापकहरु बालाराम शर्मा, पीताम्बर ढकाल, डा‍‍. दीपक गौतम, श्रीधर पौड्याल,कुमार ढकाल,भानुभक्त भारती,कमलराज रेग्मी,डील्लीराम पाठक, भरत ज्ञवाली,निरक केसीलाई सम्मान गरिएको छ भने संस्थापक स्व.जीवन कुमार शाक्यलाई मरनोपरान्त सम्मान गरिएको छ ।

सुभकामना तथा सम्मान कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष सुशिलराज शर्माले संस्थाको स्थापना गर्ने महान व्यक्तिहरूको योगदानले मनोबल बढाउनुका साथै नयाँ पुस्तालाई प्रेरणा दिने विश्वास व्यक्त गरे । कार्यक्रममा विभिन्न पेसागत संगठनका प्रतितिधीहरुले शुभकामना मन्तव्य राखेको थिए ।

तपाईको प्रतिक्रिया