सुर्खेत जिल्ला फुटबल संघको अध्यक्षमा बस्याल

सुर्खेत । सुर्खेत जिल्ला फुटबल संघको अध्यक्षमा दिलिप बस्याल चयन भएका छन् । मंगलवार काठमाडौंमा भएको संघको विशेष साधारणसभाले बस्याललाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।

सभाले यसअघि अध्यक्ष रहेका रविन्द्र चन्दलाई पदबाट बर्खास्त गरेर बस्याललाई जिम्मेवारी दिएको हो । अखिल नेपाल फुटबल संघ(एन्फा)को केन्द्रीय सदस्य समेत रहेका चन्द जिल्ला फुटबल संघको नेतृत्व सम्हाल्न असफल रहेको भन्दै उनलाई बर्खास्त गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया