रुकुम पश्चिम । नेपाल प्रहरीका कर्णाली प्रदेश प्रमुख, प्रहरी नायब महानिरीक्षक (डिआईजी) माधव प्रसाद श्रेष्ठले विपतबाट हुनसक्ने क्षति न्यूनिकरणका लागि तयारी अवस्थामा रहन प्रहरीलाई निर्देशन दिएका छन् ।
जिल्लाको निरीक्षण तथा अनुगमनको क्रममा बुधबार रुकुम पश्चिम आएका डिआईजी श्रेष्ठले मनसुजन्य विपतबाट हुने क्षति न्यूनकिरणका लागि प्रहरीको भूमिका महत्वपूर्ण हुने भएकोले तयारी रहन निर्देशन दिएका हुन् । विगतका वर्षहरुमा भूकम्प र बाढीपहिरो समेतले धनजनको क्षति गरेको स्मरण गराउँदै उनले पूर्व तयारीका लागि सरोकारवाला सबै निकायहरुसँग आवश्यक समन्वय गरिरहन आवश्यक रहेको जनाए । जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशनको क्रममा उनले नागरिकमैत्री सेवा प्रदान गर्नुपर्ने बताए । जिम्मेवार भएर गुनासोरहित सेवा प्रवाह गर्नुपेर्न उनको भनाइ छ ।
डिआइजी श्रेष्ठले सेवाप्रति उच्च व्यवसायिक हुन, शान्ती, सुरक्षा र जनताको न्यायको लागि प्रहरी प्रतिको आशा र भरोसा कम हुन नदिन उनले निर्देशन दिए । यस क्रममा उनले थुनुवाहरुको अवस्था र विभिन्न शाखाबाट सम्पादन भएका काम कारबाहिको अनुगमन गरेका प्रहरी नायब उपरीक्षक प्रमेश बिष्टले जानकारी दिए । अनुगमनको क्रममा देखिएका कमी कमजोरीहरु सुधारका लागि समेत उनले निर्देशन दिएका छन् ।

नेपालीरैबार । २०८२ असार ५, बिहीबार