बाँझो जमिन पुनः खनजोत गरी व्यवसायिक तरकारी खेती सुरु

कालिकोट । कालिकोट जिल्लाको तिलागुफा नगरपालिका –५ धनाडाका ३३ वर्षीय देविकृष्ण न्यौपाने बाँझो जमिन पुनः खनजोत गरी व्यवसायिक तरकारी खेतीको सुरुवात गरेका छन् ।

तिलागुफा नगरपालिका –५ का देविकृष्ण न्यौपाने बिगत केहि बर्षदेखि गाउँदेखि बाहिर जुम्ला, सुर्खेत, नेपालगंज लगायत अन्य देशका शहरी क्षेत्रमा ब्यापार गर्दै हिड्ने गर्दथे । उनले गाउँमा अरु काम पनि नगरेका पनि त होईनन् । गाउँमै खेतीपाती गर्ने, भैसीपालन गर्ने, बंगुर पालन गर्ने सम्मका काम गरे । तर कतैबाट पनि पार लाउन सकेनन् । उनको श्रीमती र दुई छोरी नेपालगंज बस्दै आईरहेका छन् । जव गाउँमा कारितास जर्मनी, कारितास नेपाल र पेस नेपालको साँझेदारीमा संचालित “उत्थान परियोजना” लागे । सो परियोजना मार्फत गाउँमा युवाक्लब गठन भयो । सो युवा क्लबमा उनी पनि आबद्ध हुन पुगे । परियोजनाले युवाक्लबमा तरकारी खेती गर्नका लागि बिभिन्न सामाग्री र बिउ सहयोग ग¥यो । तब उनलाई आफ्नै गाउँमा उन्नत प्रविधि मार्फत तरकारी खेती गर्नका लागि प्रेरित भए । उनले आफ्नो झण्डै पाँच बर्षदेखि बाँझो रहेको खेतबारीलाई पुन खनजोत गरि तरकारी खेती सुरुवात गर्न थाले । उनले जलवायु मैत्री कृषि प्रणाली मार्फत तरकारी खेतीमा आकर्षित भए । उनले आफ्नो बारीमा टमाटर, काक्रा, प्याज लगायत खेती गर्दै आईरहेका छन् ।

युवाहरु आफ्नो गाउँ छोडेर विदेशिएका बेला उनी भने तरकारी खेतीमा व्यस्त छन् । बाहिर गईरहेको उनले भने, सवै युवाले विदेशिएपछि गाउँ घर रित्ता भएका छन् । म भने दिनभर आफ्नो खेत बारीमा टमाटर गोडमेल गर्ने, मल हाल्ने, सिँचाई गर्ने र बाँझो जमिनलाई खनजोत गर्ने काममा ब्यस्त छु । बिहानै ७ बजे आफ्नो बारीमा घरदेखि मल बोकेर जाने गर्दछु । अनी दैनिक आफ्नो कामलाई अगाडी बढाउछु । मैले कागति र सुन्तलाको बिरुवा पनि उमार्ने काम पनि गरेको छु । अब अझै बाँझो जमिनलाई खनजोत गर्दै तरकारी खेती अगाडी बढाउने काम गर्छु । खेतबारीमा लटरम्म फलेको टमाटर र जताततैको हरियालीले दिन बितेको पनि थाहै हुदैन । अबको योजना ब्यबसायिक कृषि खेतीलाई अगाडी बढाउने योजना रहेको किसान न्यौपानेले बताउछन् । स्थानीय स्तरमा भएका युवालाई आफ्नै गाउँमा आत्मनिर्भर बनाउन र स्थानिय वातावरणिय अनुकुलता र आधुनिक प्रबिधिमा युवालाई गाउँ प्रति प्रोत्साहित गर्नका लागि ब्यबसायिक तरकारी खेतीमा केन्द्रित भएको उनले बताए । जहाँ च्याउ खेती, काक्रा, फर्सि, सागपात लगायत खेती गरि दैनिक उपभोग पनि भईरहेको छ, उनले भने ।

जहाँ युवालाई प्रोत्साहन गरि बाँझो जमिनलाई पुन उपयोग, पानीको श्रोतलाई ब्यबस्थापन, जैविक विषादीको घरमै निर्माण, प्राङ्गारिक कम्पोष्ट मलको तयारी तथा प्रयोग लगायतका मापदण्ड अपनाइएको छ । अबको सिजनमा उत्पादन गर्नका लागि काउली, बन्दाको खेती गर्न र उक्त स्थानमा कुखुरा र बाख्रापालनका लागि पनि सुरुवात गर्ने किसान न्यौपाने बताउछन् । स्थानीय युवाले गरेका यस्ता नमुनागत कार्यलाई प्रोत्साहन गर्दै कृषिमा आत्मनिर्भर गराउन सकिए बाहिर जाने जनशक्तिलाई गाउँमै रोक्न सकिन्छ । जसका लागि आत्मविश्वास, कृषिमा नविनतम सोच र दिगो बिकासका अवधारणा अपनाउन जरुरी रहेको कार्यक्रम संयोजक नारद शर्मा बताउन्छन् ।

तपाईको प्रतिक्रिया