जुम्ला । जुम्ला जिल्लाको तातोपानी गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ ।
विहिबार एक ओैपचारिक कार्यक्रमम बीच तातोपानीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो । तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाँईको सभाध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख तथा खोप समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायको प्रमुख आतिथ्यतामा तातोपानीलाई पूर्णखोप सुनिश्चितता घोषणा गरे । जन्मेदेखि १५ महिना मुनिका सबै बालबालिका, १६ देखि ५९ महिनामुनिका बालबालिकाले सबै प्रकारका खोप पाएको सुनिश्चितता भएपछि पूर्णखोप पालिका घोषणा गरिएको तातोपानी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गुरु प्रसाद चौलागाँईले बताए । उनका अनुसार तातोपानी गाउँपालिकाका आठ वटै वडाका सबै बालबालिकाले पूर्ण खोप पाएका छन् । स्वास्थ्य शाखा संयोजक चौलागाँईले १६ महिनादेखि ५९ महिनासम्मका ५८७ जना बालबालिकाले पूर्णखोप पाएका छन् । भने जन्मेदेखि १५ महिनाका २९१ जना बालबालिकाले पूर्णखोप प्राप्त गरेका छन्। भने २८३ जना बालबालिकालाई खोप कार्ड उपलब्ध गराईएको छ ।
पूर्णखोप प्राप्त गरेका ५८७ जना बालबालिका मध्य वडा नं १ ४१ जना,वडा नं २ का ७३ जना,वडा नं २३ जना,वडा नं. ४ का १२२ जना बालबालिकाले पूर्णखोप पाएका छन् । त्यस्तै वडा नं. ५ का २० जना, वडा नं. ७ का सबैभन्दा बढी वडा नं. ७ का १८३ र वडा नं. ८ का ५४ जना गरि कूल ५८७ बालबालिकाले पूर्णखोप प्राप्त गरेको स्वास्थ्य शाखा संयोजक गुरु प्रसाद चौलागाँईले जानकारी दिए । सामाजिक विकास समितिका संयोजक छिरिङ महत देशका लागि दक्ष जनशक्ति उत्पादनका लागि खोप अनिवार्य रहेको बताए । उनले भने, बालबालिकाको शारिरिक,मानसिक रुपमा स्वस्थ रहनका लागि खोप अनिवार्य छ । बालबालिकाालाई विभिन्न रोगसंग लड्ने रोग प्रतिरोधात्मक क्षामता विकास गर्नका लागि खोप अनिवार्य लगाउनुपर्छ । घोषणा कार्यान्वयनमा हामी गम्भीर हुनुपर्छ ।
पूर्णखोप सुनिश्चिता तथा दिगोपना घोषणाका लागि गाउँ गाउँमा पुगेर सबै बालबालिकालाई पूर्ण खोपको पहुँचमा पुराउन भुमिका खेल्ने स्वास्थ्यकर्मी, महिला स्वयम् सेविका लगायत सबैलाई धन्यबाद समेत दिए । कार्यक्रममा तातोपानी गाउँपालिका उपाध्यक्ष रेवती रावल, प्रमुख प्रशासकीय अधिकृत तीर्थ बहादुर कठायत,वडाध्यक्षहरु,महिला स्वास्थ्य स्वयमसेविका, स्वास्थ्य चौकिका ईन्चार्ज लगायतको सहभागिता छ ।

नेपालीरैबार । २०८२ असार ५, बिहीबार