सहकारी दिवसको अवसरमा वृद्वाश्रममा फलफुल वितरण

सुर्खेत । सहकारी आन्दोलन समाज रूपान्तरणको माध्यम हो भन्ने उद्देश्यसहित जिल्ला सहकारी संघ, सुर्खेतले आफ्नो ४८औँ वार्षिक स्थापना दिवस विशेष समाजसेवामूलक गतिविधिका साथ मनाएको छ ।

स्थापना दिवसको अवसरमा संघले वीरेन्द्रनगर–३ स्थित प्रशान्ति वृद्धाश्रममा पुगेर वृद्धवृद्धाहरूमाझ फलफुल वितरण गरेको छ । कार्यक्रममा संघका अध्यक्ष प्रकाश कुमार तिमिल्सिना स्वयंको उपस्थितिमा वृद्वाश्रमका आश्रित वृद्धवृद्धाहरूलाई फलफुल वितरण गरी स्नेहपूर्वक सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले सहकारी संस्था केवल आर्थिक विकासको केन्द्र नभई सामाजिक उत्तरदायित्व वहन गर्ने जिम्मेवार निकाय पनि भएको स्पष्ट पारे । हामीले केवल मुनाफामुखी सोच नभई समाजका सबै तह तप्कालाई समेट्ने उद्देश्यका साथ यो दिवसलाई समाजसेवामुखी कार्यमा रूपान्तरण गरेका छौं, उनले भने ।

यस अवसरमा जिल्ला सहकारी संघले आफ्ना सम्पूर्ण सदस्य, सहकारीकर्मी, शुभेच्छुक र सरोकारवालाहरूप्रति स्थापना दिवसको हार्दिक शुभकामना व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया