दैलेख । वर्षाका कारण सुर्खेत–दैलेख सडक अवरुद्ध भएको छ । सुर्खेतदेखि दैलेख सदरमुकाम जोड्ने उक्त सडक अवरुद्ध भएसँगै यातायातका साधनहरू आवतजावत रोकिएको छ ।
उक्त सडकको डुबेश्वर गाउँपालिका–६ स्थित सिस्नेटारमा पहिरो गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख गणेशबहादुर बरालले बताए । उनले बाटो पूर्णरूपमा अवरुद्ध भएको र बाटो खुलाउने पहल भइरहेको छ ।
उक्त स्थानमा सुरक्षाकर्मी खटाइएको एक घण्टामा अवरुद्ध सडक सञ्चालनमा आउन सक्ने प्रहरी प्रमुख बरालले बताए । पहिरोको कारण सडकमा आवतजावतमा समस्या आएको हो ।









नेपालीरैबार । २०८२ श्रावण २१, बुधबार