वीरेन्द्रनगरमा सुनका गरगहना चोरी गर्ने १८ वर्षीय युवक पक्राउ

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा भएको सुनका गरगहना चोरी प्रकरणमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति वीरेन्द्रनगर नगरपालिका–६, शान्तिटोल निवासी १८ वर्षीय अर्जुन गहतराज रहेका छन् ।

साउन २१ गते बिहान करीब ११ बजे वीरेन्द्रनगर–४ नयाँबजारस्थित कल्पना मल्लको घरमा कोही नभएको मौका छोपी घरभित्र पसेर करीब २.५ तोला सुनका गरगहना र नगद रु. ५० हजार चोरी भएको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

घटनापछि सुर्खेत जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले सूचना प्रविधि र सुराकी माध्यममार्फत अनुसन्धान गर्दै जाँदा गहतराजले नै चोरी गरेको खुलेको हो । उनलाई लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका गहतराजको साथबाट चोरी भएका सामानमध्ये,  सुनको ब्रासलेट १ थान, लेडिज औंठी १ थान, बेरुवा औंठी १ थान, सुनको सिक्री १ थान, बरामद गरिएको छ। हाल उनलाई नियन्त्रणमा लिई चोरी सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतले जनाएको छ।

तपाईको प्रतिक्रिया