कर्णाली सुपर मार्ट सञ्चालन गरिँदै

विदेशकाे सीप स्वदेशमा पाैरख

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पहिलाे पटक दैनिक उपभोग्य सामग्री एकैठाउँ पाइने द कर्णाली सुपर मार्ट सञ्चालनमा ल्याउने तयारी गरिएको छ । वीरेन्द्रनगर–६ खोर्के लाइनमा झण्डै दुई करोडको लागतमा निर्माण गरिएकाे मार्ट सञ्चालनमा ल्याउन लागिएकाे हो ।


मार्टमा दैनिक उपभोग्य फ्रेसदेखि फोजनसम्मका सामग्री रहेको सञ्चालक तेजेन्द्र कार्कीले जानकारी दिए । कार्कीसँगै कृष्णबहादुर भण्डारीको समेत मार्टमा लगानी रहेको छ ।

बदलिदो समयक्रमअनुसार व्यवसायलाई उपभोक्ताको मागअनुसारका सबै सामग्री मार्टबाट उपलव्ध हुने कार्कीले बताए । रोजगारीका लागि विदेश गएका कार्कीले विदेशको सीप आफ्नै भूमिमा केही गर्न मार्ट सञ्चालन गर्न लागेका हुन् ।

‘रोजगारीका लागि विदेश चार वर्ष बसे,’ कार्कीले भने, ‘गरिरहेकै व्यवसायलाई अलि फरकशैलीमा रुपान्तरण गरेर व्यवसायमा आवद्ध भएको हुँ ।’ सञ्चालक कार्कीकाअनुसार उपभोक्ताले चाहेको सामग्री फोनबाट अर्डर गरेर सिँधै घरमै पु¥याइदिने व्यवस्था छ । मार्टमा १५ जनाले रोजगारी पाएका छन् ।

तपाईको प्रतिक्रिया