ओखलढुङ्गामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

१७ चैत, ओखलढुङ्गा । ओखलढुङ्गाको मानेभञ्ज्याङमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् ।

मृत्यु हुनेमा ताप्लेजुङ थप्तालुङ गाउँपालिका ७ का ५५ वर्षीय मिंमा शेर्पा, सोही ठाउँका ४५ वर्षीय सांगेल शेर्पा, काठमाडौँ बौद्धका ३५ वर्षीय नुर्भु शेर्पा र सोही ठाउँका वाङदा शेर्पाको सनाखत भएको प्रहरीले जनाएको छ । दुई जनाको सनाखत भएको छैन ।

घाइते तीनजनालाई उपचारका लागि स्थानीय मेडिकलमा लगिएको छ ।

हलेसीबाट काठमाडौँका लागि छुटेको बा १६ च २२०६ नम्बरको जिप मानेभञ्ज्याङको भँडारे खोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया