पत्रकार अर्जुन गिरी रिहा, बिधुतीय काराेबार ऐन खारेज हुने

५ बैशाख, काठमाडौँ । समाचार लेखेको आधारमा पक्राउ परेका पोखराका पत्रकार अर्जुन गिरी साधारण तारेखमा रिहा भएका छन् ।

विद्युतीय कारोबार ऐन अन्तर्गत दायर भएको मुद्दामा थुनछेक आदेश गर्दै काठमाडाैँ जिल्ला अदालतले उनलाई धरौटीबिना रिहा गर्न आदेश गरेसँगै उनी छुटेका हुन् ।

साइबर अपराध मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका गिरीलाई जिल्ला न्यायाधीश अम्बरराज पौडेलको एकल इजालसले तारेखमा रिहा गर्ने आदेश गरेको हो ।

उनीविरुद्ध पोखराका व्यवसायी विपेन्द्रराज बतासले उजुरी दिएका थिए। लगत्तै प्रहरीले अनुसन्धानका लागि भन्दै ताण्डव साप्ताहिक तथा अनलाइनका सम्पादक गिरीलाई बैसाख २ गते नियन्त्रणमा लिएको थियो।

तपाईको प्रतिक्रिया