सुर्खेत समाजको अधिबेशन सम्पन्न, अध्यक्ष मा लोकेश खत्री

दक्षिण कोरिया । कर्णाली प्रदेशको सुर्खेत जिल्लाबाट रोजगारी लगायत अन्य विभिन्न उद्देश्य बोकेर दक्षिण कोरिया आएका युवाहरुको एक साझा संस्था ‘सुर्खेत समाज दक्षिण कोरिया’ को सातौं अधिवेशन सम्पन्न दक्षिण कोरियाको सौलमा सम्पन भएको छ। अध्यक्ष तुलश कुमार गुरुङको सभापतित्व र समाजका पू्र्व अध्यक्ष तथा बर्तमान सल्लाहकार लक्ष्मीनारायण बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न भएको अधिवेशनमा कोषाध्यक्ष विरेन्द्र बिसीले अघिल्लो कार्यसमितिको आर्थिक प्रतिवेदन पेश गरेका थिए। अधिवेशन कार्यक्रम नाङ्लो रेष्टुरेन्ट, दोङ्देमुनको सभाहलमा भएको थियो ‘सबैलाई माया र सम्मान, सुर्खेती हुनुको शान’ नारा लिएर विभिन्न कार्यहरू गर्दैआएको सुर्खेत समाजको सातौं अधिवेशनले लोकेश खत्रीको अध्यक्षतामा ९ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको छ। जसको वरिष्ठ उपाध्यक्षमा पुस्कर बुढाथोकी, उपाध्यक्षमा कृष्ण पौडेल, महासचिवमा रमेश कुमार आचार्य, सचिवमा बखत थापा र कोषाध्यक्षमा प्रेम देवकोटा रहेका छन्। यसैगरि सदस्यहरूमा , अशोक बिसी, पिआर खनाल र नविन कुमार बटाला निर्विरोध चयन भएका छन् । साथै अध्यक्ष लोकेश ले आगामी दिन मा दक्षिण कोरियामा रहेका सुर्खेती को दुख मा सधैब समाजले काम गर्दै अब आउने सालनाल छुसक मा साङ्गितिक कार्यक्रम समेत गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

तपाईको प्रतिक्रिया