ओलि सरकार संस्थागत भ्रष्टाचारको राजमार्ग तिर दौडिरहेको छ: कांग्रेस सहमहामन्त्री महत

दैलेख । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले नेपाल कम्युनिस्ट पार्टीको अहिलेको सरकार संस्थागत भ्रष्टाचारको राजमार्गमा दौडिरहेको आरोप लगाएका छन। आज दैलेखको राकममा कांग्रेसका नेताकार्यकर्ताहरुसँग भेटघाट गर्दै नेता सहमहामन्त्री महतले यो सरकारको उपलब्धि भनेको भ्रष्टाचारलाई संस्थागत गर्ने भएको पनि जिकिर गरे। सहमहामन्त्री महतले दैलेखको राकममा शिक्षण अस्पताल बनाउन सरकार सँग माग गरेका छन। उनले सुदुर पश्चिम् र कर्णालीलाई सहज रुपमा स्वास्थ्य सेवा दिन दैलेखको राकममा शिक्षण अस्पताल स्थापना गर्नुपर्ने बताएका हुन। महतले सुदुर र कर्णालीका मेडिकल पढ्ने इच्छा भएका विद्यार्थीहरुका लागि पनि शिक्षण अस्पताल जरुरी रहेको तर्क गरे। कर्णाली र सुदुरका जिल्लाका जनताले सिटामोल सम्म खान नपाएर तड्पी रहेको बेला सरकार मुक दसक बनेको पनि सहमहामन्त्री महतले आरोप लगाए। उनले मध्य पहाडी लोकमार्गको एउटा प्रमुख शहरका रुपमा राकम बजारलाई बिकाश गर्ने पनि प्रतिबद्धता ब्यक्त गरे।

तपाईको प्रतिक्रिया