विप्लव समूहका जिल्ला अध्यक्ष पक्राउ

म्याग्दी। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट युवा संगठनका म्याग्दी जिल्ला अध्यक्ष धनबहादुर पुनलाई प्रहरीले पक्राउ गरेको छ। पश्चिम म्याग्दीको मालिका गाउँपालिका–१ रिठ्ठेचौरबाट पुनलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले जानकारी दिए। इलाका प्रहरी कार्यालय दरवाङको टोलीले पुनलाई पक्राउ गरेर सोमवार साँझनै बेनी ल्याएको प्रहरी निरीक्षक शर्माले बताए । पक्राउ परेका पुन मालिका गाउँपालिका–१ निस्कोटका हुन। उनी प्रतिबन्धित विप्लव समूहको गतिबिधिमा संलग्न भएको, एनसेल टावर आगजनी गरेको, जनप्रतिनिधि तथा ब्यापारीहरुलाई चन्दा माग्ने कार्यमा संलग्न भएको प्रहरीको आरोप रहेको छ।
थाहा खबर वाट

तपाईको प्रतिक्रिया