आजबाट यमपञ्चक सुरु, आज सन्देशवाहक पंक्षी कागको पूजा गरिँदै


काठमाडौं । आजबाट यमपञ्चक सुरु भएको छ । यमपञ्चकको पहिलो दिन घरघरमा कागको पुजा गरि मनाईदै छ ।

कागलाई सन्देश वाहकको पंक्षीको रुपमा पूजा गर्ने चलन चलिआएको छ । आज साँझदेखि यमराजलाई प्रशन्न बनाउन घरमा परिवार संख्याअनुसार यम दीपदान गर्ने चलन छ ।

यसरी दीपदान गर्नाले यम यातनाबाट मुक्त भइन्छ, भन्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिको भनाई छ ।

कार्तिक कृष्ण त्रयोदशीका दिन आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुडा किनेर ल्याई घरमा पूजाआजा गरेमा लक्ष्मीस्थिर भई बस्छिन् भन्ने धार्मिक विश्वास छ ।

Source: News 24

तपाईको प्रतिक्रिया