‘लाखे’ मा भित्रिए प्रशान्त

काठमाडाैं । अभिनेता प्राशान्त ताम्राकार फिल्म ‘लाखे’ मा भित्रिएका छन् । फिल्मको मुख्य भिलेन (नेगेटिभ)) भूमिकाका लागि उनी अनुबन्धित भएका हुन् । फिल्मको मुख्य भिलेन भूमिकाको लागि ताम्राकार भित्रिएको निर्देशक सम्राट बस्नेतले बताए ।
अभिनेता ताम्राकारले आफू ‘लाखे’ मा जोडिन पाउँदा खुशी लागेको बताए । ‘लाखे’ मल्टिस्टार कलाकारले भरिएको फिल्म हो’ ताम्राकारले भने, ‘एकसाथ धेरै स्टार कलाकारसँग काम गर्न पाउदा निकै खुसी लागेको छ ।’ फिल्ममा आफूले सक्दो नयाँ र राम्रो काम गर्न कोसिस गर्ने ताम्राकारले सुनाए ।

‘लाखे’ अहिले छायांकन भइरहेको फिल्म हो । फिल्मको छायांकन काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा भइरहेको छ । फिल्ममा अनुप विक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, वर्षा राउत, रोहित रुम्बा, सुनिल थापा लगायत थुप्रै कलाकारको अभिनय रहनेछ ।

ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सिजन अर्याल हुन् । कथासमेत निर्माता अर्यालकै रहेको फिल्मको गणेश मल्ल ठकुरी प्रस्तुतकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन् । ठूलो बजेटमा निर्माण हुन लागेको फिल्मको युनिट पनि ठुलै भएकोले युनिट बनाएर छायांकन भइरहेको छ ।

तपाईको प्रतिक्रिया