उत्तर कोरियाले पुनः आणविक काम थालेको तस्बिर सार्वजनिक

काठमाडौं । उत्तर कोरियाको नयाँ सेटलाइट तस्बिरमा रकेट लञ्च साइटको पुनस्र्थापनाको काम भइरहेको पाइएको विश्लेषकहरुले बताएका छन् । सो क्षेत्र भत्काउने यसअघि उत्तर कोरियाले प्रतिबद्धता जनाएकोमा हालै भियतनाममा भएको उत्तर कोरिया अमेरिका वार्ता असफल भएपछि रकेट लन्च साइट पुनर्निर्माण गर्न लागिएको हो । सेटलाइट लन्चका लागि तोङचाङ क्षेत्र रोजिएको थियो । गएको महिनामा नै यो क्षेत्र भत्काउन लागिएकोमा अमेरिकासँगको वार्ता अवरुद्ध भएपछि सो कार्य स्थगित गरिएको जनाइएको छ । यसलाई भत्काउने कार्यलाई वाशिङटन र प्योङयाङबीच विश्वासको वातावरण बनाउने प्रयासका रुपमा हेरिएको थियो । यसैबीच अमेरिकाले उत्तर कोरियाले निशस्त्रिकरणको प्रक्रिया अघि नबढाए थप नाकाबन्दी व्यहोर्नुपर्ने चेतावनी दिएको छ । ती सेटलाइट प्रमाणहरु दक्षिण कोरियाका गुप्तचर निकायबाट आइरहेको बताइएको छ ।

(२२ फाल्गुण २०७५, बुधवार १६.३९ मा प्रकाशित )

तपाईको प्रतिक्रिया