कर्णालीमा कोरोना कहर

कर्णालीमा कोरोना संक्रमितको संख्या ४८९ पुग्यो

हुम्ला र जाजरकोटमा पनि कोरोना पुष्टि

सुर्खेत/ कर्णालीमा कोरोना संक्रमित थप १०० जना भेटिएका छन् । प्रदेश अस्पताल/पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा थप १०० जना संक्रमित भेटिएका हुन् ।

प्रदेश अस्पताल/पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत गरिएको परीक्षणमा ३ जना र स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ९७ जना संक्रमित भेटिएका हुन् ।

संक्रमितमा दैलेखका ९१ जना, जुम्लामा ३, रामेछाप एक, गोरखा १, जाजरकोट १ र हुम्लाका १ जना रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए ।

कर्णाली प्रदेशमा हालसम्म संक्रमितको संख्या ४८९ पुगेको छ । ४८९ संक्रमितमध्ये दैलेखमा ३०९, सुर्खेतमा ६२, सल्यानमा ५५, जुम्लामा २२ कालिकोटमा २५, मुगुमा २ र बाजुरा १, अछाम १०, बझाङ १ जना, हुम्ला १, जाजरकोट १, रामेछाप १ र गोरखा १, रहेका छन् ।

कोरोनाका कारणले कर्णालीमा दुई जना मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया