दार्चुलामा जिप दुर्घटना : पाँचजनाको घटनास्थलमै मृत्यु, ९ जना घाइते

कैलाली। दार्चुलामा जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा ९ जना घाइते भएका दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले थाहाखबरलाई बताए।

मृतकहरूमा ४ जना पुरुष र १ महिला रहेका प्रजिअ उपाध्यायले जानकारी दिए। ९ जना घाइतेको घटनास्थलबाट उद्धार गरी स्थानीय गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए।

गोकुलेश्वरबाट खलंगा आइरहेको से १ ज ५५१ नम्बरको जिप शैल्यशिखर नगरपालिका-६ स्थित उल्लानीमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो।

उनका अनुसार मालिकार्जुन मन्दिर जाने गेटबाट १ किलोमिटर गोकुलेश्वरतर्फको क्षेत्रमा जिप दुर्घटना भएको हो।

तपाईको प्रतिक्रिया