स्वतन्त्र मधेस गठबन्धनसँग जनमत संग्रह गर्ने सहमति भएको छैनः गृहमन्त्री थापा

काठमाडौं । सरकारले स्वतन्त्र मधेस गठबन्धनसँग जनमत संग्रह गर्ने कुनै सहमति नभएको स्पष्ट पारेको छ । सिके राउत स्वयंले जनमत संग्रह गर्ने सहमतिका रुपमा ब्याख्या गरेपछि सत्तारुढ र विपक्षी सांसदले प्रश्न उठाएलगत्रै हिजोको संसद बैठकमा गृहमन्त्री रामबहादुर थापाले तराई मधेसलाई नेपालबाट अलग गर्नुपर्ने मागलाई जनमत संग्रहमा लैजाने सहमति नगरिएको बताउनुभयो । यदि कसैले जनमत संग्रह नै हो भनेमा सहमतिविरुद्ध हुने गृहमन्त्रीको भनाइ छ । संसद् बैठकमा नेपाल कम्युनिस्ट पार्टीका नेता भीम रावलले सरकार र राउतबीच भएको ११ बुँदे सम्झौता प्रष्ट पार्न सरकारले अर्को वक्तव्य जारी गर्नुपर्ने धारणा राख्नुभयो । नेपाली काँग्रेसका सांसद गगन थापाले जनमत सङ्ग्रहको विषय गम्भीर भएको बताउनुभयो ।

(२७ फाल्गुण २०७५, सोमवार १०.३२ मा प्रकाशित )

तपाईको प्रतिक्रिया