विपद् पुर्वतयारी र प्रतिकार्यका लागि हवाई यन्त्र तालिम

सुर्खेत । प्राकृतिक प्रकोपले निम्तिने विभिन्न किसिमका विपद्हरुको पूर्व तयारी तथा प्रतिकार्यका लागि हवाई यन्त्र ड्रोनको प्रयोग सम्बन्धी तालिम दिइएको छ। शुक्रबार वीरेन्द्रनगरमा भएको तालिममा विपद्सँग सम्बन्धित काम गर्ने कर्मचारीलाई सहभागी गराइएको थियो।

आन्तरिक मामिला तथा कानून मन्त्रालय कर्णाली प्रदेशको आयोजना तथा यूरोपियन युुनिएनको आर्थिक, यूएन.डिपि, यूएन, ओमन र स्याक नेपालको प्राविधिक सहयोगमा शहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजनाले तालिमको आयोजना गरेको हो।

विभिन्न मन्त्रालयका विपद् शाखा प्रमुुख, सुरक्षा निकायका अधिकारी, आपतकालिन कार्यसञ्चालन केन्द्रका अधिकारी, नागरिक उड्यान प्राविधिकरण, जल तथा मौसम विज्ञान कार्यलय, भूकम्प मापन केन्द्र, नापी कार्यलय र नेपाल रेडक्रस सोसाइटीको सहभागिता रहेको थियो।

विपद्पछिको जोखीम कम गर्न प्रविधिको आवश्यक रहेको सुर्खेतका प्रमुुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए। कर्णालीका सबै जिल्लासहित सुर्खेतमा पनि विपद्को उच्च जोखिममा रहेको उनले बताए।

उनले भने, ‘विपद्को प्रतिकार्यका लागि प्रविधिको प्रयोग अतिआवश्यक हुन्छ। भने हवाई यन्त्रको प्रयोग मार्फत विपद्को समयमा उद्धार छिटो–छरितो हुुन्छ। त्यसैले प्रविधिको प्रयोग आवश्यक छ ।’

यस्तै, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव दिनेश सागर भूसालले विपद्को उद्धार तथा राहतमा प्रविधिको प्रयोग गरिने बताए। उनले भने, ‘विपद् पुुर्वतयारी तथा प्रतिकार्यका लागि हवाई यन्त्र ड्रोनको प्रयोग गर्नका लागि १५ जना जनशशक्ती तयार भएको छ। थप जनशक्ति तयार पारी प्रविधि मार्फत उद्धारको कार्य हुुन्छ।’

तपाईको प्रतिक्रिया