सुर्खेत । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा कार्यालय सुर्खेतमा समूह प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम भएको छ। कार्यक्रम सुर्खेत स्थित होटल बुलबुलेको सभाहलमा १६१ जना समूह अध्यक्षहरुको उस्थितिमा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि असुलि तथा जोखिम व्यवस्थापन विभागका विभागीय प्रमुख नयन देवकोटाले वित्तीय साक्षरता तथा आधुनिक डिजिटल प्रविधि तथा मोवाईल बैंकिङ्गसँग सम्वन्धि विषयमा प्रशिक्षित गरेका थिए।
शाखामा भएका १८२ वटा समूह मध्येबाट ३ वटा समूह पुरस्कृत भएको र उत्कृष्ट व्यवसायी सदस्य कमला दर्लामीलाई सम्मान गरिएको देवकोटाले बताए।
कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत तथा वित्तीय संस्थाको वर्तमान अवस्थाको बारेमा शाखाका शाखा प्रमुख विशेश्वर विष्टले स्पष्ट पारे।
कार्यक्रममा वित्तीय संस्थाले हाल बजारमा देखिएका विविध समस्या समाधानको लागि सामुहिक सहयोग सामुहिक प्रयासको लागि समिति विष्णु कुमारी शाहीको अध्यतामा समेत गठन गरेको कार्यक्रम सञ्चालक लक्ष्मण शाहीले बताए।
कार्यक्रममा मध्यपश्चिम विश्व विध्यालयका प्राध्यापक कमलबहादुर सिंहको समेत उपस्थिति रहेको थियो। साथै कार्यक्रम चन्द्रकली गौतमको सभावतित्वमा सञ्चालन भएको थियो।
नेपालीरैबार । २०७९ फाल्गुन २६, शुक्रबार