काठमाडौं। नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य घटेको हो।
आज छापावाल सुन तोलामा सात सयले घटेर प्रतितोला १ लाख ९ हजार ३ सय रूपैयाँ कायम भएको छ। आइतबार १ लाख १० हजार रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै तेजाबी सुन पनि घटेर प्रतितोला १ लाख ८ हजार ८ सय रूपैयाँ निर्धारण गरिएको छ। चाँदि प्रतितोला १० रूपैयाँ १ हजार ४ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ।
नेपालीरैबार । २०७९ चैत्र २७, सोमबार