हिरासत कक्षमा पुस्तकालय स्थापना

काठमाण्डौँ । कैलालीको गोदावरी नगरपालिका अत्तरियास्थित मालाखेती इलाका प्रहरी कार्यालयको हिरासत कक्षमा पुस्तकालय स्थापना गरिएको छ । हिरासतमा थुनुवाहरुका लागि इलाका प्रहरी कार्यालयले हिरासत कक्षमा पुस्तकालय स्थापना गरेको हो ।

थुनुवाहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ पुस्तकालय स्थापना गरिएको मालाखेती इलाका प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक गणेश बरालले बताएका छन् ।

नेपाल प्रहरी कार्ययोजना २०८० तथा कार्य सम्पादन सम्झौतानुसार थुनुवा कक्षमा पुस्तकालय स्थापना गरिएको इप्रका मालाखेतीले जानकारी दिएको छ ।

पुस्तक पढेर थुनुवाहरुको सोंच, आचरण, व्यवहारमा सकारात्मक परिवर्तन आउने विश्वास गरिएको छ । पुस्तकालयमा नेपालका विभिन्न लेखकद्वारा लिखित पुस्तकदेखि लिएर धार्मिक ग्रन्थ, लोकसेवा तयारीको पुस्तकसमेत राखिएको छ ।

तपाईको प्रतिक्रिया