ललितपुरको बालकुमारी प्रदर्शनमा गोली लागेर दुई जनाको मृत्यु

काठमाडौं । ललितपुरको बालकुमारीमा भएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा दैलेखका २३ वर्षीय सुजन रावत र डोटीका २२ वर्षीय वीरेन्द्र साह रहेको नेपाल प्रहरीले जनाएको छ । रावतको किष्ट कलेज र शाहको पाटन अस्पतालमा मृत्यु भएको हो।

प्रदर्शनमा उत्रिएका युवाले सडक अवरुद्ध पार्दै सवारीसाधनमा आगजनी गरेका थिए।

तपाईको प्रतिक्रिया