कर्णाली प्रदेश: माओवादी संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी पूर्व मन्त्री जिसीलाई

सुर्खेत। नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी सांसद कृष्णबहादुर जिसी ‘जितेन्द्र’लाई दिएको छ ।

दल नेता राजकुमार शर्माले जिसीलाई उक्त जिम्मेवारी दिएका हुन् । यसअघि प्रमुख सचेतक रहेका रणसिं परियार जलस्रोत तथा ऊर्जा मन्त्री भएका छन् । परियारले त्यसअघि पनि प्रमुख सचेतकको भूमिका खासै निभाउन नसकेको भन्दै आलोचना भइरहेको थियो ।

जिसी यसअघि प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी समेत सम्हालिसकेका सांसद हुन् ।

तपाईको प्रतिक्रिया