विपद्को पूर्व तयारीमा तल्लो तहसम्म परिचालन गर्न मुख्यमन्त्री कडेलको निर्देशन

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विपद्का कारण हुन सक्ने संभावित जोखिम न्यूनिकरणका लागि तल्लो तहसम्म सुरक्षा युनिटहरू परिचालन गर्न निर्देशन दिएका छन्।

आज वीरेन्द्रनगरमा आयोजित प्रदेशस्थित सुरक्षा प्रमुखहरूको आकस्मिक बैठकमा मुख्यमन्त्री कंडेलले विपदमा हुने क्षति न्यूनिकरणमा तल्ला तहका युनिटहरू सक्रिय भएमा ठूलो क्षतिबाट जोगाउन सकिने बताए। मुख्य मन्त्री कडेलले विपद बाट हुने संभावित जोखिम न्यूनिकरणको लागि सुरक्षा निकायको भूमिका महत्वपूर्ण हुने हुँदा उपलब्ध साधन श्रोत र जनशक्तिलाई तयारी अवस्था रहनसमेत निर्दैशन दिए।

प्रदेश सरकारले आफनो सामर्थले भ्याएसम्म विपदको लागि आफना संरचनाहरू परिचालन गर्ने बताउदै मुख्यमन्त्री कडेलले जोखिम न्यूनिकरण तथा राहत र उद्वारमा सरोकारवाला निकाय तथा विकास साझेदारहरूलाई आफना संरचनाहरू लाई प्रभावकारी ढंगले परिचालन गर्नु पर्नेमा जोड दिए।

यस वर्ष कर्णालीमा अहिलेसम्म अन्यत्र जस्तो जोखिम नदेखिएको तर संभावित खतरासंग जुधन सुरक्षा निकायहरूबीच समन्वकारी भुमिका आवयक रहेको धारणा राखे।
आकस्मिक बैठकमा प्रमुख सचिव चुडामणि भट्टराई, पश्चिम पृतना नेवारेक उपरथी कृष्ण भट्ट, डिआइजी नेपाल प्रहरीका डिआइजी अर्जुन चन्द ठकुरी, शसस्त्र प्रहरीका डिआइजी दुर्गाप्रसाद भट्टराई राष्टिय अनुसन्धान प्रदेश प्रमुख माधव तिमिल्सेना लगायतको उपस्थित थियो।

तपाईको प्रतिक्रिया