काठमाडौं। सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तय गरिएको मूल्य अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार नौ सय पुगेको छ ।
बिहीबार भने प्रतितोला एक लाख ४९ हजार चार सयमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य बिहीबार प्रतितोला एक हजार सात सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक हजार सात सय ९५ निर्धारण भएको छ ।
नेपालीरैबार । २०८१ श्रावण १८, शुक्रबार