वीरेन्द्रनगरमा मोटरसाईकल दुर्घटनामा परि एक जनाको मृत्यु

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाईकल दुर्घटनामा परेर एक जनाको मृत्युु छ । सोमबार राति मोटरसाईकल दुर्घटनामा परि सुर्खेत उपत्यका नगर विकास समितिमा कार्यरत अमिन महेश पौडेलको मृत्युु भएको हो ।


वीरेन्द्रनगर–८ कालिञ्चोकबाट घरतर्फ जाँदै गर्दा दैलेख रोडको आचार्य चिया नास्ता अगाडिको सडकमा मोटरसाईकल दुर्घटना हुँदा अमिन पौडेलको मृत्यु भएको हो ।

पौेडेल सवार मोटरसाईकल सडमा हिडेको छाडा गाईसंग ठोकिएको र अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । ५० वर्षीय पौडेलको सव पोष्टमार्टमको लागि प्रदेश अस्पताल कालागाउँको सव गृहमा राखिएको छ ।

तपाईको प्रतिक्रिया