हुम्लामा साउने सङ्क्रान्तीका लागि घर पोत्ने माटो खोजी र जोखिम

हुम्ला । गाउँमा चाडबाडसँगै बर्खे बाली लगाउन सबै व्यस्त देखिन्छन् । धन बालीदेखि कोदो रोप्न नागरीक खेतबारीमा जम्मा हुँदा चहलपहल बढेको छ ।

विशेषगरी असारमा जिल्लाका किसानलाइ चटारो हुने गरेको कुनै नौलो कुरा होइन् । साउन १ गते पर्ने साउने सङ्क्रान्तीलाई धार्मिक रूपले पूजाआजाका माध्यमबाट शुद्ध बनाउनका लागि यो बेला महिलाहरू घर पोत्न रातो माटो र कमेरो माटो पाउने ठाउँमा लाइन लागेर पालो पर्खन्छन् । यो बेला पूरै घर पोत्नुपर्ने प्रचलन भएकाले घण्टौं हिँडेर माटो ल्याउने गरेको अदानचुली गाउँपालिका–२ की कुन्ता महताराले बताइन् । कमेरो माटो त आफ्नै वडाको बनमा पाइन्छ, तर रातो माटो लिन चार÷पाँच घण्टा नै हिँड्नुपर्छ, उनले भनिन्, घरमा कोही बितेको छ भने पूरै घर पोत्न मिल्दैन । घरलाई चोख्याउन कमेरो र रातो माटाले पोत्नुपर्छ ।

अदानचुली ३ की असाडी थापालाई माटो ल्याउन जाने चहलपहल भएपछि मात्रै चाँड आए जस्तो लाग्छ  । नजिकै रातो माटो नपाइने भएपछि गाउँका सबै महिलाहरू जम्मा भएर अदानचुली–३ र का बिचभाग रेउलेमा माटो लिन जान्छन् । पक्की घर हुनेहरू चुनाले घर पोत्छन्, कच्ची घरमा रातो माटो र कमेरो नै लगाउँछौं, उनले भनिन्, माटो निकाल्दा बोटबिरुवा सुक्न थालेको भन्दै कतिपय ठाउँमा माटो खन्न बन्द गरेपछि भने हामीलाई दुःख थपिएको छ  । घर शुद्ध पार्न वनजङ्गलमा माटो खोज्दै भौंतारिनुपरेको थापाले बताइन्। घर पोत्ने रातो माटो र सेतो कमेरो जहाँसुकै पाइँदैन, दसैंमा मात्र नभइ हरेक स्थानिय चाँडहरुमा कसको घर चिटिक्क छ भनेर दाँजिन्छ । त्यही भएर पानीले पखालेको भित्तो टाढाबाट हेर्दै टलक्क टल्किने गरी पोत्न थालेकी छु , उनले भनिन् । गाउँमा पक्की घर छिटफुटमात्रै छन् । स्थानीय सबै चाँडहरुमा नै घर चोख्याइन्छ । साउन महिनामा मष्टो र मदाना देवताको कुल पूजा समेत हुने भएकाले घर चिटिक्क पारिन्छ । त्यसैले पनि अहिलेदेखि नै आफूहरू माटोको जोहोमा लागेको स्थानीयले सुनाइन् ।

घरको माथिल्लो भागमा सेतो र तल रातोले भित्ता पोतिन्छ । कतिपयले धार्मिक मान्यताले पूरै घर रातो माटोले पोत्ने गरेका छन् । खाल्डोबाट आफैं खनेर महिलाहरुले माटो ल्याउने गरेका छन् । देविदेवता रिसाउने भएका कारण बजारको रङ लगाएर हामीलाई शुभसङ्केत हुँदैन । माटोको खानी असुरक्षित भएपछि माटो खन्न गएका महिलाहरु कतै हराउने र पुरिने गरेको अदानचुली २ डल्ली भण्डारीले बताइन् । माटोले पोत्नुपर्छ भन्ने धार्मिक मान्यता छ । घरबाट १० किलोमिटर टाढाको खानीबाट रातो माटो घरमा ल्याइसकेको उनले बताइन् । एक÷दुई दिनमा घर पोत्ने हो । पोतेपछि घर पवित्र हुन्छ । साउने सङ्क्रान्ती अघि घर लिप पोत गरेपछि मनै शान्ति हुन्छ । झ्याल, ढोकामा रातोे रङ लगाइन्छ, उनले भनिन् । उनका अनुसार कसले घर राम्रो पोतेको छ र चिटिक्क पारेको छ भन्ने छिमेकीबीच चर्चा चल्छ ।

माटो खन्दा धेरै ठुलो खाल्डो भएका ठाउँमा पुग्दा मात्र डर लाग्ने तर सामान्य खाल्डामा कुनै डरको महसुस नहुने अदानचुली २ टल्ली भण्डारीको भनाइ छ । हतार हतार हुन्छ । कतीखेर माटो खनेर घर फर्किने र केटाकेटी हेरबिचार गर्ने भन्ने नै चिन्ता हुन्छ । उनले भनिन् । माटो खन्दै गर्दा परेको ओढार माथिबाट कतिबेरा खस्छ भन्ने टुङ्गो हुँदैन्, एक जना महिलाले माटो खस्छ भनेर चिहाउने अरुसबैले ओढार भित्र पसेर माटो खन्ने गरेका छन् । माटोको खानमा एकलै गएका धेरै जना महिलाले पुरिएर ज्यान गुमाइ सकेको उनि बताछिन् । महिलाहरुलाई माटो खन्दा ज्यानको बाजी लगाउनु परेको भण्डारीले बताइन् ।

तपाईको प्रतिक्रिया