अस्पतालमा पैसा सकियो उपचारको लागि शिविर धाउँँदै

देउखुरी। राजाराम चौधरीको उमेर ७४ वर्ष पुग्यो। यो उमेरमा ढाड दुख्ने, खुट्टा झमझमाउने समस्याले सताएको छ। उपचारको लागि धेरै अस्पताल चाहार्नुभयो तर निको भएन। अबको उपचार शिविरको भर पर्नुभएको छ।

‘दशा लाग्यो। अस्पताल पुगेर उपचार गर्दा धन पैसा सिद्धियो’– उहाले भन्नुभयो– ‘अब अन्तिम आशा शिविरै हो। निको हुन दगुरादगुर गरियो, खै निको हुन्छ कि नाइ रु’ राजाराम मात्रै होइन, उहाकी श्रीमती कैलाशीलाई पनि रोगले सताएको छ। बुढेसकालमा उपचारको लागि अस्पताल धाएका यी दुबैजना उपचारको लागि शिविरमा आइपुग्नु भएको हो। ‘पैसा हु“दासम्म अस्पताल पुगें, पैसा सकियो तर निको भएन’– उहा“ले भन्नुभयो– ‘शिविरको उपचारले निको हुन्छ कि रु’

आजको नयाँ युगवोध दैनिकमा खबर छ – हिरापति यादव र उहा“का छोरा झविन्द्रको कान कम सुन्ने समस्या छ। यो समस्या देखाउन आमा छोरा गाउ“मा आएका डाक्टरलाई देखाउन शिविरमा आइपुग्नुभएको छ। यो भन्दा अघि लमही पुगेर उपचार गरे पनि निको नभएको हिरापतिले बताउनुभयो। ‘अस्पतालको औषधि खाए“ तर सञ्चो भएन’– उहा“ले भन्नुभयो– ‘शिविरबाट निको हुन्छ कि भनेर देखाउन आएको हु“।’ गाउ“घरमा आयोजना गरिने निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य जा“च गराउन अस्पतालबाट उपचार गराएर निको नभएका बिरामी धेरै आउने गरेको पाइएको छ।

गढवा गाउ“पालिका वडा नं। ४ रामनगरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा उपचारका लागि पुग्ने अधिकांश बिरामी अस्पतालमा उपचार गरेर थाकेका बिरामी आएको पाइएको छ। सिड अस्पताल लमही, ज्योतिष्मती विद्यापीठ लमही र र शक्ति उपभोक्ता सहकारी संस्थाको संयुक्त आयोजनामा भएको शिविरमा विशेषज्ञ सेवा लिने बिरामीको चाप रह्यो। स्त्री तथा महिला रोग, छाला तथा यौन रोग, छाला रोग, मुटु, मृगौलासम्बन्धी समस्या भएका बिरामीले सेवा लिएको सिड फाउण्डेसनका अध्यक्ष डा। मधुसूदन घिमिरेले जानकारी दिनुभयो। ‘उपचारमा आउनेमध्य धेरै महिला हुनुहुन्छ। यसबाट के थाहा हुन्छ भने ग्रामीण भेगका महिला स्वास्थ्य समस्या पालेर बस्नुभएको छ’– उहा“ले भन्नुभयो– ‘स्वास्थ्यसम्वन्धी समस्या घटाउ“दै उपचार सेवालाई प्रभावकारी बनाउन स्वास्थ्य शिविरबाट समस्याको पहिचान हुने र थप उपचारका लागि स्वास्थ्य संस्था सम्म जाने वातावरण निर्माण हुन्छ।’

स्वास्थ्य नै जीवन हो : शर्मा

निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै प्रदेशसभा सदस्य रेवतीरमण शर्माले स्वास्थ्य नै जीवन भएकाले स्वास्थ्यको ख्याल गर्नुपर्ने बताउनुभयो। प्रमुख अतिथिसमेत रहनुभएका शर्माले चिकित्सा क्षेत्रले धेरै फड्को मारेको भन्दै उहाले रोग पालेर बस्न नहुने बताउनुभयो। ‘सन्तुलित भोजन, शारीरिक ब्यायामबाट स्वस्थ रहन सकिन्छ’– उहाले भन्नुभयो– ‘पहिला हाम्रा बाबु, बाजेको मृत्यु भयो तर हामीले के कारणले उहा“हरुको मृत्यु भयो भनेर रोग थाहा पाउन सकेनौं। काल गतिले बित्नु भयो भनेर भन्यौं तर अहिले त्यस्तो छैन्, के कारणले मृत्यु हुन्छ सबै थाहा हुन्छ। रोगको उपचार हुन्छ, समयमा उपचार भए बाच्न सकिन्छ।’

सिड फाण्डेसनका अध्यक्ष डा। मधुसूदन घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं। ४ का अध्यक्ष गुलाम मोहम्मद मुसलवान, डा। कुमार पोख्रेललगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो। राप्ती साउथन बोर्डिङ स्कूलका प्रिन्सिपल कृष्ण थापाको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण ज्योतिष्मती विद्यापीठका शिक्षक विनोद भट्टराईले गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया