मुख्य मन्त्रिको निर्देशन : केहि परे म छु “पार्टी समायोजन गर्न निर्णय नपर्खिनुस्”

घोराही। नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य तथा पाच नं। प्रदेश इञ्चार्ज शंकर पोख्रेलले पालिकास्तरमा पार्टी समायोजनका लागि माथिको निर्णय नपर्खिन कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ। दाङ जिल्लाका दशवटा पालिकास्तरीय कमिटीका अध्यक्ष र सचिवहरुलाई शपथग्रहण गराउदै पोख्रेलले अब पालिका कमिटीको विस्तार र मातहतका कमिटी निर्माणमा खटेर लाग्न निर्देशन दिनुभएको हो।

आजको नयाँ युगवोध दैनिकमा खबर छ – समायोजनको टुंगो नलाग्दा जनतामाझ पार्टीको उपस्थिति कमजोर भएको भन्दै उहाले महिना दिनमै दाङ जिल्लाका सवै कमिटी निर्माण गर्न पालिका अध्यक्ष, सचिव तथा जिल्ला कार्यदललाई निर्देशन दिनुभयो।

‘केन्द्रले पनि छिट्टै टुंगो लगाउछ, अब धेरै ढिला हुदैन, तपाइहरु पनि पालिकामा पुगेर पार्टी कमिटी निर्माणको काम छिटो गर्नुस्’– इञ्चार्ज पोख्रेलले भन्नुभयो– ‘एक महिनाभित्र जिल्लाका सबै कमिटी तयार गरेर पार्टी गतिविधि अघि बढाउनुस।’ उहाले केन्द्रमा वर्चश्वको होडवाजीले समायोजनमा समस्या देखिए पनि अब छिटै समाधान हुने र समायोजन प्रक्रियाले गति लिने बताउनुभयो। ‘समायोजनको समस्या तल्लो तहको होइन, माथिकै समस्याले ढिलाइ भएको हो’– प्रदेश इञ्चार्ज पोख्रेलले भन्नुभयो– ‘समाधान पनि माथिबाटै हुन्छ, तपाइ“हरुले पाएको जिम्मेवारी निर्धक्कसाथ पूरा गर्न लाग्नुस्, आफ्नो तहको समायोजन गर्न माथिको निर्णय नपर्खिनुस्।’

उहा“ले पार्टी कमिटी निर्माणमा सकेसम्म वरिष्ठहरुलाई पनि समेट्न आग्रह गर्नुभयो। पार्टी कमिटी सबै हिसावले नमूना हुनुपर्ने भन्दै सक्षम टीम निर्माणका लागि अग्रजहरुको सल्लाह, सुझाव लिएर काम गर्नुपर्नेमा जोड दिनुभयो। ‘पार्टी चलाउन संगठन निर्माण, वैचारिक बहस, सामाजिक गतिविधि र राजकीय काम कुशलरुपमा गर्नुपर्छ’– पोख्रेलले भन्नुभयो– ‘नमूना पार्टी निर्माणका लागि तेरो मेरो होइन सबैलाई समेटेर काम गर्नुहोला।’

पार्टीमा भेला प्रशिक्षणसहितको अभियानको तयारी गरिएको भन्दै फागुनभित्रै पार्टी कमिटी चुस्तरुपमा निर्माण गर्न आग्रह गर्नुभयो। पार्टी कमिटी नहुदा सरकारले ल्याएका थुप्रै लोकप्रिय कार्यक्रमहरु जनतामाझ पुग्न नसकेको स्पष्ट पार्दै पाच नम्वर प्रदेशका मुख्यमन्त्रीसमेत रहनुभएका पोख्रेलले सरकारले ल्याएका कार्यक्रमलाई जनतामाझ पु¥याउने काममा लाग्न आग्रह गर्नुभयो।

निजी क्षेत्रका कर्मचारीलाई पनि पेन्सन दिने व्यवस्था, बेरोजगारलाई कम्तिमा एकसय दिन कामको व्यवस्था गर्ने र नभए निर्वाह भत्ता दिने, खेती गर्न चाहनेलाई जमिनको सबै भाडा तिरिदिने, व्यवसाय गर्न चाहनेलाई शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिनेलगायत थुप्रै लोककल्याणकारी कार्यक्रम सरकारले ल्याएको चर्चा गर्दै पोख्रेलले यस्ता कार्यक्रमलाई जनतासम्म पु¥याउन पार्टी नेता, कार्यकर्ताहरुले ध्यान दिनुपर्नेमा जोड दिनुभयो। पोख्रेलले भन्नुभयो– ‘पुराना कमिटी भंग हुने तर नया“ निर्माण नभएको अवस्थामा तपाइ“हरुको शपथग्रहणले जनताले खोज्दा पार्टी भेटिने अवस्था आओस्।’

यसैगरी नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश सचिव जगप्रसाद शर्माले नेता, कार्यकर्ताहरुको पौरखले यहॉसम्म आइपुगिएको उल्लेख गर्दै नया“ परिस्थितिअनुसारको गति र पद्धतिलाई आत्मसात गरेर अघि बढ्न आग्रह गर्नुभयो। ‘हिजोको परिस्थितिमा हामी आ–आफन्ै हिसावले चल्यौं, ढिलै भए पनि दुई कम्युनिष्ट पार्टी एक भएका छौं’– शर्माले भन्नुभयो– ‘आजको पार्टीलाई बुझेर अघि बढ्नुस्, पार्टीलाई नमूना बनाउनुस्।’

जिल्ला कार्यदल सदस्य टीकाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य भागवत विश्वासी, निर्मल आचार्यले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यदल सदस्य शिवकुमार आचार्यको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन कार्यदल सदस्य सुवास पुनले गर्नुभएको थियो। कार्यक्रममा प्रदेश इञ्चार्ज पोख्रेलले दाङका दशवटा पालिकाका अध्यक्ष र सचिवलाई शपथग्रहण गराउनुभएको थियो।

प्रदेश विकासको लिकमा : मुख्यमन्त्री

यसैबीच मुख्यमन्त्री शंकर पोख्रेलले पाच नम्वर प्रदेश विकासको लिकमा हिड्न शुरु गरेको बताउनुभएको छ। प्रेस चौतारी नेपाल दाङ र प्रेस सेन्टर नेपाल दाङको संयुक्त आयोजनामा घोराहीमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पोख्रेलले प्रदेश संरचना निर्माण भएको शुरुवाती वर्षमा कानुन निर्माण गर्नुपर्ने भए पनि विकासका आधार भने तयार गरिएको बताउनुभयोे।

उहाले अरु प्रदेश भन्दा छिटो छरितो काम गर्ने प्रदेशका रुपमा पाच नम्वर प्रदेश स्थापित भएको उल्लेख गर्दै आगामी वर्षदेखि विकासका कामले गति लिने बताउनुभयो। ‘जुनसुकै काम गर्दा अरुभन्दा अघि नै छौं, हाम्रो काममा जनताको अपार साथ पनि छ’– उहाले भन्नुभयो– ‘अहिले प्रदेश खोज्दा भेटिने बनाएका छौं।’ उहा“ले दाङको विकासका लागि एकता र समझदारीका साथ अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो।

‘पछि परेको भन्ने हो भने अघि बढ्न केही गर्नुपर्छ, काम गर्न एकता र समझदारी चाहिन्छ’– मुख्यमन्त्री पोख्रेलले भन्नुभयो– ‘त्यतिमात्रै होइन काम गर्छु भन्नेहरुमाथि विश्वास पनि गर्नुपर्छ।’ उहाले भूमि समस्या समाधान गर्न ऐन निर्माण थालेको, शान्ति प्रक्रियासम्बन्धी विषयमा प्रतिपक्षसहित सबै दलहरुबीचको सहमतिमा अघि बढ्ने बताउनुभयो। साथै शान्ति प्रक्रियास“ग जोडिएका घाइते, अपांग, पीडितहरुको भरणपोषणको जिम्मा राज्यले लिने बताउनुभयो।

प्रेस चौतारीका अध्यक्ष जे।एन। सागरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रेस सेन्टरका कावा अध्यक्ष प्रकाश चौधरीले गर्नुभएको थियो भने सञ्चालन सचिव पाण्डवप्रसाद शर्माले गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया