पशुपतिले माफी माग्दै युट्युववाट हटाएको भिडियो दैनिक नेपालद्वारा फेरी युट्युवमा अपलोड

तुलसीपुर ५ फागुन । चर्चित गायक पशुपति शर्माले आफ्नो नयाँ गीत विवादमा परेपछि माफी माग्दै युट्युवबाट हटाएको ‘लुट्न सके लुट कान्छा’ बोलको गीत दैनिक नेपाल डटकम अनलाईन पत्रिकाले पुनः युट्युवमा अपलोड गरेको छ ।

‘लुट्न सके लुट कान्छा’ बोलको गीतमा प्रयोग भएका कतिपय शब्दहरुलाई लिएर चर्को आलोचना भएपछि पशुपति पछाडि हटेका थिए । गीतमा प्रयोग भएका ‘यमराजको शासन’ लगायतका शब्द विवादमा परेका थिए ।

‘मैले कुनै राजनीतिक आग्रह या पूर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन् । र, कुनै राजनीतिक दल या संस्थासँग मेरो कुनै किसिमको पूर्वाग्रह पनि छैन’, “ ‘कुनै शब्दले कुनै संस्था विशेष या कुनै दल अथवा समुदाय विशेषलाई अप्ठ्यारो पारेको खण्डमा म अन्तर हृदयदेखि माफी चाहन्छु ।”

युट्युवबाट शनिबार साँझ गीत हटाउँदै पशुपतिले विवादित शब्दहरु परिमार्जन गरी पुनः युट्युवमा हाल्ने बताएका थिए ।

हेर्नुस भिडियो

https://youtu.be/mgLYyL0YbUw

तपाईको प्रतिक्रिया