महायज्ञमा  सुरक्षा व्यवस्था कडा पारीने

दाङ । 
धारापानीमा आयोजनाहुन लागेको महायज्ञ तथा शिवरात्री अवधिभरको सुरक्षा व्यवस्था कडा पारीने भएको छ । सुरक्षा उपसमितिले जिल्लाका सुरक्षा निकायहरुसंग मंगलवार गरेको छलफल कार्यक्रममा उनीहरुले सुरक्षा व्यवस्था कडा पारीने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
छलफल कार्यक्रममा जिल्लाका सुरक्षा निकायका प्रमुखहरुले महायज्ञ तथा शिवरात्री अवधिभर धारपानी मन्दिर जाने एकतर्फी वाटो सञ्चालनमा ल्याउने निर्णय भएको छ । धारपानी मन्दिर जानेवाटो घोराहीदेखी गुरगैहुदै मन्दिर सम्म र आउने वाटोमा मन्दिरवाट गुरुवागाँउहुदै घोराही एकतर्फी वाटो तय गरेको छ । त्यस्तै महायज्ञ सञ्चालन तथा शिवरात्री अवधिभर मन्दिरको चारकिल्ला क्षेत्र भित्र मदिरा तथा आगुपदार्थ सेवन तथा विक्रिवितरणमा प्रतिवन्ध लगाउने भएको छ । पुर्वमा भलाईसोता, पश्चिममा कालोपत्रे सडकको दुवैतर्फ, उत्तरमा बबई नदी र दक्षिणमा धार्मिक बनक्षेत्र भित्र मदिरा तथा लागुपदार्थ सेवन तथा विक्रिवितरणमा रोक लगाईएको सुरक्षा उपसमितिले जनाएको छ ।
सुरक्षा उपसमितिका संयोजक टेकनाथ आचार्यको अध्यक्षता तथा महायज्ञ आयोजक सञ्चालन मुल समितिका अध्यक्ष गणेशकुमार अधिकारीको प्रमुख आतिथ्यमा बसेको बैठकमा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रामप्रसाद घर्ति, जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकिय अधिकृत यज्ञबहादुर बुढा, जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख  मदनबहादुर कुँवरको उपस्थीति रहेको थियो । त्यस्तै जनप्रतिनिधि परीचालन उपसमितिको मंगलवार बसेको बैठकले सवै स्थानिय तहका जनप्रतिनिधिहरुलाई महायज्ञमा सहयोग गर्न अनुरोध समेत गरेको छ ।
जनप्रतिनिधि परीचालन उपसमितिका संयोजक विष्णुमणी दाहालको अध्यक्षता तथा घोराही उप महानगरपालीकाका उपप्रमुख सिता न्यौपानेको प्रमुख आतिथ्यतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । महायज्ञ अवधिभर जनप्रतिनिधिहरुलाई तन,मन र बचनले सहयोग गर्न अनुरोध गरेको हो ।
तपाईको प्रतिक्रिया