हात्तीपाईले रोग निवारण सम्बन्धि अन्तरक्रिया

फाइल फोटो

दिप्तीशिखा चौधरी,
दंगिशरण, ८ फागुन । हात्तीपाईले रोग निवारण सम्बन्धि अन्र्तक्रिया कार्यक्रम आज दङ्गिशरण गाउँपालिकामा सम्पन्न भएको छ ।

अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य शाखाका प्रमूख बिष्णु क्षेत्रीले हात्तीपाईले सरुवा रोग हो , यो रोग जुनसुकै ब्यक्तिलाई लाग्छ ,यसका तत्कालीन रुपमा देखिने लक्षणहरुमा जोडो लागि ज्वरो आउनु, शरीरमा कम्पन हुनु, हातखुट्टामा निला काला धर्साहरु देखिनु, गिर्खाहरु बढ्नु, दुख्नु, पुरुषको अण्डकोष वरपरका नसाहरु फुल्नु, दुख्नु, दिर्घकालिन लक्षणहरुमा खुट्टा सुन्निएर हात्तीपाईले हुनु, पिसाब सेतो वा रातो आउनु,महिलाहरुमा यौनाङ्ग वा स्तन सुन्निनु,पुरुषहरुमा अण्डकोष ठूलो हुनु ,सुन्निनु, खोकि लागिरहनु, दम बढ्नु जस्ता कुराहरुको जानकारी गराएका थिए ।

सो अवसरमा सहभागिहरुले अरु रोगा लागेका बिरामीहरुले यसको औषधि सेवन गर्न हुन्छ कि हुदैन,कती उमेर समूहकाले यो औषधि खानु पर्छ,यस औषधि कती बर्ण सम्म खानुपर्छ लगाएतका जिज्ञासा राखेका थिए । उनीहरुको जिज्ञासाको जवाफ दिदैँ प्रमूख क्षेत्रीले २ बर्ष देखि ५ बर्ष उमेर समूखकाले ,६ देखि १४ बर्ष उमेर समूहकाले र १५ बर्ष देखि माथिकाले खान हुने र सुत्केरी आमा ,गर्भवती महिला,७० बर्ष माथिका दिर्घ लागेकालाई खुवाउन नहुने बताएका थिए ।

साथै हात्तीरोग निवारण के हो र यसका उद्धेश्यहरु के के छन् ? यो कार्यक्रम अन्र्तगत खुवाईने औषधि कुन कुन हुन ? यो औषधि सेवन गर्न नहुने अवस्थाहरु के के हुन ? औषधि कति पटक कति मात्रा खानु पर्दछ ? केही अवाञ्छित असर देखिएमा के गर्ने , औषधिको मात्रा , उपचारको तरिका जस्ता बिषयमा जानकारी गराएका थिए । गत साल केहि हुन्छ कि भन्ने भ्रममा कारण श्रीगाउँमा ५९ दशमलव ८ प्रतिशत ले औषधि नखाएको भन्दै यो बर्ष सबैजना औषधि खान बाट नछुट्न उनले आग्रह गरेका थिए ।

कार्यक्रममा स्थानीयहरु र कर्मचारीहरुको सहभागिता रहेको थियो । गाउँपालीकाका अध्यक्ष भागिराम चौधरीको अध्यक्षता एंव उपाध्यक्ष पिमा कुमारी खड्काको प्रमूख आतिथ्यमा भएको कार्यक्रमको शहजीकरण स्वास्थ्य शाखाका सह सयोंजक नेव बहादुर के.सी ले गरेका थिए ।

तपाईको प्रतिक्रिया