मृतक युवतिको सनाखत, राप्ती बबईमा पढ्ने कमला भएको पुष्टि !

हापुरे, ८ फागनु ।
तुलसीपुरमा मृत अवस्थामा भेटिएकी युवतिको सनाखत भएको छ । सनाखत हुनेमा तुलसीपुर उपमहानगरपालिका–१ शान्ति टोल निबासी कमला भण्डारी ९पाण्डे० रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।

राप्ती बबई क्याम्पसमा अध्यनरत मृतक कमलाका श्रीमान शमिर भण्डारी १९ महिना अघि जापान गएको तुलसीपुर उपमहागनरपालिका–१ का वडाध्यक्ष लक्ष्मण भण्डारीले जानकारी दिए ।

बेलुवामा बसेर पढ्र्द आएकी कमला तुलसीपुर उपमहानगरपालिका – ९ थर्कुडाडाँ स्थित नवदुर्गा सामुदायिक वनको जंगलमा बुधबार बिहान मृत अवस्थामा भेटिएकी थिइन ।

मृतकको नजिकै किट नासक औषधीको सिसी फेला परेकाले घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीे बताएको छ । शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखीएको छ ।

तपाईको प्रतिक्रिया